काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदन सुनुवाइका लागि पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् ।
न्यायपरिषद्ले तय गरेका १४ जना न्यायाधीशको सूचीबाट उनले आफूसहित अरू चार जनालाई छानेका हुन् । प्रधानन्यायाधीश जबराले आफूसहित हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलास गठन गरेका छन् ।
सरकारले गत मंगलबार संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको थियो । त्यसविरुद्ध परेका एक दर्जन भन्दा बढी रिटमा प्रारम्भीक सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराको एकल इजलासले संवैधानिक इजलासमा पठाएको थियो ।

प्रतिक्रिया