प्रचण्ड-नेपाल पक्षले माधव नेपाललाई अध्यक्ष बनाउने


काठमाडौँ । सत्तारुढ नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।

बबरमहलमा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा प्रचण्ड र नेपालबीच पालैपालो अध्यक्षता गर्ने प्रस्ताव गरिएको छ । स्थायी कमिटी बैठकलगत्तै त्यहीँ ठाउँमा यो समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

बैठकले ओली समूहलाई कारबाहीको औपचारिक निर्णय गर्ने भएको छ । यस्तै, अध्यक्ष ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेपछि प्रचण्ड–नेपाल समूहले थप रणनीति तय गर्ने जनाइएको छ । ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् ।

मंगलबार बालुवाटारमा जारी आफूनिकट केन्द्रीय कमिटीको बैठकमा अहिले कायम रहेको ४४७ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेलाई ५५६ जना थपेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् । रिक्त रहेका १९६ जना पछि थपिने उनले बताए ।