काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफू कुनै पनि भेलामा सहभागी नहुने बताएका छन् । गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले सामाजिक संजाल फेसबुकमार्फत उहाँ कुनै पनि भेलामा सहभागी नहुने जानकारी दिएका हुन् ।
सुवेदीले लेखेका छन्, ‘नेकपा उपाध्यक्ष क. वामदेव गौतमले भन्नुभयो, ‘म कुनै पनि भेलामा जान्न, पाँच नेताको बैठकमा भने म जान्छु । अहिले भेला गर्ने बेला हैन । बैठकबाट सबै समस्याको हल खोज्ने समय हो ।’
शुक्रबार पेरिसडाँडामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुको भेला गरेको थियो । भेलामा प्रचण्ड, नेपाल र वरिष्ठ नेता झलनाथ खनाल सम्बोधन गरेका थिए । तर भेलामा गौतम सहभागी भएका थिएनन् ।


प्रतिक्रिया