नेकपाको एकता नै अहिलेको प्रमुख आवश्यकताः मन्त्री श्रेष्ठ


काठमाडौं । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले नेकपाको एकता नै अहिलेको प्रमुख आवश्यक भएको बताएका छन् । आइतबार भक्तपुरमा चाँगुनारायण नगरपालिका नगर अस्पतालको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले पार्टीको एकता नै अहिलेको प्रमुख आवश्यक भएको भन्दै यसको व्यवस्थापन गर्न पार्टी सक्षम रहेको बताए ।

उनले नेपाली जनातले इतिहास निर्माण गर भनेर नेकपालाई दुई तिहाई नजिकको मत दिएकाले जनचाहना अनुसार नै नेकपा एक हुने स्पष्ट पारे । उनले कसैले धुप बालेर इच्छा गर्दैमा नेकपा नफुट्ने स्पष्ट पारे ।

मन्त्री श्रेष्ठले जनताले देखिएको म्यान्डेड अनुसार पार्टी अध्यक्ष केपी ओली सरकारको नेतृत्वले गरेको बताए । उनले सरकारले मंसिर १४ गते देशभरका स्थानीय तहमा एक अस्पताल शिल्यान्यास गरे स्वास्थ्य क्षेत्रमा क्रान्ति गरेको बताए । प्रसुति, नाक कान घाटी, आँखा, ओपिडीलगायतका सेवा दिने अस्पतालले जनाएको छ ।