काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देशी विदेशी शक्तिले मुलुकलाई अस्थीरतातर्फ धकेल्न खोज्ने प्रयत्न गरेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले मुलुकको स्थीर सरकार परिवर्तन गर्दे देशी विदेशी शक्तिले मुलुकलाई अस्थीरतातर्फ धकेल्न खोजेको आरोप लगाएका हुन् ।
उनले सत्तापक्षभित्रै प्रतिपक्षी जन्मिएर राजनीतिभित्रको संक्रमणमा चलखेल गर्न खोजेको तर्क पनि गरे । मुलुककोे विकासमा लागेको सरकारलाई असफल बनाउन सत्तापक्षभित्रै समूह निर्माण गर्ने कार्य हुनुले आशंका उब्जिएको उनले बताए । उनले मुलुकको समृद्धि र विकासका लागि सत्तापक्ष, बिपक्ष लगायत सबै शक्ति एक हुनुपर्ने बताए । उनले समाजमा रहेका भ्रमलाई चिर्न सञ्चारमाध्यम र सञ्चारकर्मीहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा पनि राखे ।

प्रतिक्रिया