कोरोना संक्रमणबाट पूर्वराजदूत लामाको निधन


काठमाडौं । नेकपाका नेता एवं पूर्वराजदूत कमानसिंह लामाको कोरोना संक्रमणका कारण निधन भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा लामाको आज बिहान निधन भएको हो । मंसिर १० गते उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

लामा काभ्रेबाट विसं २०४८ सालमा सांसद बनेका थिए भने २०६४ सालमा संविधानसभा सदस्यसमेत भएका थिए । लामा दक्षिण कोरियाका लागि राजदूतसमेत भएका थिए ।