काठमाडौं । वरिष्ठ गायक जगतमर्दन थापाको उपचारका क्रममा निधन भएको छ । ८५ वर्षीय कलाकार थापाको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो । केहीदिन अघि मात्र कोरोना संक्रमणमुक्त भएका थापाको छातीमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
स्वर्गीय थापाले विसं २०१३ सालमा रेडियो नेपालबाट आफ्नो सांगीतिक तथा साहित्यिक यात्रा शुरु गरेका थिए । त्यस्तै विस २०१८ मा थापाले आफ्नो पहिलो गीत रेकर्ड गराएका थिए । उनको सोमबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

प्रतिक्रिया