जनतामा केन्द्रित भएर काम गर्न कर्मचारीहरुलाई मेयर शाक्यको निर्देशन


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जनतामा केन्द्रित भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

काठमाडौं महानगरपालिकामा कार्यरत मजदूर संगठन, नेपाल यातयात स्वतन्त्र मजदूर संगठन, (कामपा ईकाई) र अखिल नेपाल यातयात स्वतन्त्र मजदूर संघ (कामपा ईकाई) को एकता कार्यक्रममा मेयर शाक्यले महानगर जनसेवा गर्ने थलो भएको भन्दै जनतामा केन्द्रित भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

राजनीतिक र जागिर व्यक्ति केन्द्रित, राजनीति केन्द्रित परिवार केन्द्रित हुन नहुने भन्दै उनले समाजलाई केही दिने भावनाले संगठनमा लाग्न सुझाव पनि दिए ।

उनले कर्मचारीभित्र खुट्टा तान्ने प्रवृति देखिए त्यसले विकृति सिर्जना गर्ने भन्दै अवसर सिर्जना गर्न केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले कर्मचारीको सेवा सुविधामा महानगरले कुनै भेदभाव नगर्ने स्पष्ट पारे । शाक्यले सबै कर्मचारीहरुको समान ढंगबाट उपचार गर्ने प्रतिवद्धता समेत जनाए ।