प्रदेश राजधानी पाएपछि यसरी मनाए देउखुरीबासीले खुसीयाली, हेर्नुस् फोटोमा


तुलसीपुर । प्रदेश पाँचको नाम लुम्बिनी र प्रदेश राजधानी दाङको भालुवाङ तोकिएकोमा देउखुरीबासी हर्षित हुँदै खुसीयाली मनाएका छन् । यसको खुसीयालीमा उनीहरुले मुख्य बजार लमही, गढवा, सिसहनिया, भालुवाङ चोकमा दीपावली गरेका छन् । प्रदेश सभाको मंगलबारको बैठकले प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी भालुवाङ राख्ने प्रस्ताव पारित गरेको थियो ।