काठमाडौं । पशुपति क्षेत्र विकास कोषले लागू गर्न लागेको गुरुयोजना खारेज गर्नुपर्ने माग गर्दै स्थानीयले कोष अगाडि धर्ना दिएका छन् । स्थानीयसँग समन्वय र छलफल नै नगरि एकलौटी ढंगले गुरुयोजना बनाएको भन्दै यसको खारेजीको माग गर्दै पशुपति क्षेत्र संयुक्त संघर्ष समितिले कोष अगाडि धर्ना दिएको हो ।
पशुपतिनाथको प्राचीनता मासिने गरी गुरुयोजना तयार गरिएको उनीहरुको आरोप छ । पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक आशामान संगतले आफूहरुको मागका बारेमा पर्यटनमन्त्रीसँग पटक पटक छलफल भएपनि कुनै निष्कर्ष निस्कन नसको भन्दै विरोध गर्नु परेको बताए ।
पशुपति क्षेत्रको विकासको नाममा परापूर्वदेखिको बस्ती नै मास्ने र स्थानीय संस्कृति तथा जात्राको विनास गर्ने गरी गुरुयोजना ल्याइएको उनको आरोप छ । कोषले तयार एक सय वर्षे गुरुयोजनाले कालान्तरमा भुवनेश्वरी मन्दिरदेखि सिफलसम्मको बस्ती हटाउने परिकल्पना सहितको गुरुयोजना तयार गरेको छ ।


प्रतिक्रिया