बुटवल । प्रदेश पाँचको स्थायी राजधानी बुटवलबाट दाङ लैजाने प्रस्तावको विरोधमा बुटवलमा आइतबार बिहानैदेखि प्रदर्शन भइरहेको छ ।
निषेधाज्ञाका बावजुद संघर्ष समितिको अगुवाइमा रुपन्देहीका व्यावसायिक संघसंस्थाले जुलुस निकालेका हुन् । शुक्रबार प्रदेशसभामा राजधानी सार्ने प्रस्ताव दर्ता भएपछि विभिन्न व्यवसायिक संघ संगठनले संघर्ष समिति बनाई प्रदर्शन सुरु गरेका हुन् ।
उनीहरुले सडकमा टायर बालेर बजार ठप्प पारेका छन् । उनीहरुले नेताहरुका विरुद्ध नाराबाजीसमेत गरेका छन् । संसदमा पेश भएको सो प्रस्ताबमाथि सोमबारदेखि छलफल हुँदैछ ।
फोटोः दिनेश श्रेष्ठको फेसबुकबाट


प्रतिक्रिया