काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दे अनसन बसेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । अनसनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जीवन रक्षाको माग गर्दै समाजवादी विद्यार्थी युनियनले शनिबार प्रदर्शन गरेको हो ।
अनसनको २० दिन पुग्दा समेत सरकारले केसीका मागहरु पुरा गर्न कुनै कदम चाल्न नसकेको प्रदर्शनमा सहभागी युवाहरुले बताएका छन् । भदौ २९ गतेबाट अनसन थालेका केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन् । केसीको उपचारमा संलग्न चिकित्सकहरुले केसीको अवस्था जटिल बन्दै गएकाले आइसियुमा उपचार गर्नुपर्ने बताएपनि केसीले मानेका छैनन् । केसीले ६ बुँदे माग अघि सार्दै जुम्लाबाट अनसन शुरु गरेका थिए ।


प्रतिक्रिया