जापानी प्रधानमन्त्री सुगाद्वारा पदवहाली


जापानका नयाँ प्रधानमन्त्री योशीहिडे सुगाले बिहीबार देशका कार्यकारी प्रधानमन्त्रीको रूपमा पदभार सम्हालेका छन् । कार्यालयमा उपस्थित भई जिम्मेवारी सम्हालेपछि उनले ‘जनताको अपेक्षा पूरा गर्ने’ प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै सुगाले आफ्नो मन्त्रिपरिषद्ले कुशलताका साथ जनमतको सम्मान गर्दै अघि बढ्ने बताए । पदबहालीपछि नवनिर्वाचित मन्त्रीपरिषद्का मुख्य सचिव कत्सुनोबु कातोले कोरोनाभाइरस महामारीको बिरूद्ध लड्न र सङ्क्रमणलाई थप बढ्न नदिन पूर्ववत प्रशासनको मार्गलाई पछ्याउँदै अघि बढ्ने बताए ।