काठमाडौं । काठमाडौं महानगरले फोहोर संकलन र ढुवानीका लागि प्रयोग गर्दै आएको टेकुस्थित ट्रान्सफर स्टेशन अहिले फोहोर शून्य भएको छ । बर्खायाममा यो अवस्था ल्याउनु सजिलो काम होइन, कोभिड महामारीका बेलामा ज्यानको माया नगरी सबै कर्मचारीले काम गरेकाले यो अवस्था ल्याउन सकिएको हो ।
वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार बिगतमा बर्खामा आफ्नो प्रयासले मात्र नहुने भएपछि कहिले गाडी भाडामा लिएर, कसैलाई तेल दिएर फोहोर ढुवानी गराउने गरिएको थियो । यसबर्ष फोहोर लैजान कसैलाई तेल नदिएको र कुनै गाडी भाडामा लिएका नलिएको उनले बताए । उनकाअनुसार यसबर्ष ल्याण्डफिल साइट र ट्रान्सफ। स्टेशनमा प्रयोग गर्न कुनै डोजर पनि भाडामा लिइएको छैन । यसबाट महानगरको करीब १२ लाख रुपैयाँ बचत भइसकेको छ ।
फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख इञ्जिनियर निर्मलराज बराल सडक भत्किने समस्यालाई तत्कालै सुधार गरेपछि बर्खामा साइटमा पुग्न सजिलो भएको हो । कोभिडका कारण उपत्यकामा फोहोर उत्पादन घटेर व्यवस्थापकीय खर्च घटेको र ट्रान्सफर स्टेशनमा फोहोर शुन्य भएको त होइन ? प्रश्नको उत्तरमा महाशाखा प्रमुख बराल भन्छन् — कोभिडले फोहोरको परिमाण घटेको छैन । अहिले पनि दैनिक औसतमा १२० देखि १३० वटासम्म ठूला सवारीले साइटमा फोहोर पुर्याइरहेका छन् ।
यस अघि गएको बर्ष कार्तिक ३ स्टेशनलाई शून्य बनाएर अवस्थालाई कायम राख्ने योजनाअनुरुप काम भइरहेको थियो । वीचमा सवारी साधन, ल्याण्डफिल साइट र त्यहाँ पुग्ने सडकका कारण केही फोहोर स्टेशनमा रहने सकिने हुँदै आएकोमा भदौ २६ गते स्टेशन शुन्य फोहोर भयो । आज पनि स्टेशनमा फोहोर शून्य नै छ ।
त्योभन्दा पनि अघिल्लो समय हेर्दा २०७२ भदौ २२ गते मंगलबारका दिन पनि ट्रान्सफर स्टेशनलाई फोहोर शून्य बनाइएको थियो ।
टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको योजना छ ।


प्रतिक्रिया