चीनले कम्तीमा पनि अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न अमेरिकालाई आग्रह गरेको छ । बेइजिङमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुवा चुविङले यस्तो आग्रह गरेका छन् ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन अर्टेगसले हालै विश्व स्वास्थ्य संगठनका बारेमा दिएको प्रतिक्रियापछि चीनका देशमन्त्रालयका प्रवक्ताको यो भनाई आएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन अर्टेगसले हालै विश्व स्वास्थ्य संगठनसँग अमेरिकी सम्बन्ध तथा सहयोग घटाउँदै लैजाने र अर्काे लटमा त्यस विषयमा अमेरिकाको थप निर्णय आउने बताएका थिए ।
प्रवक्ता हुवाले अमेरिकाले कम्तीमा पनि अन्तर्राष्ट्रिय दायित्वहरुलाई बुझ्न सक्नुपर्ने र त्यसको पालना पनि गर्नुपर्ने बताए । विश्व कोभिड १९को महामारीमा फसेका बेला हरेक देशले यो महामारीको अन्त्यका लागि आवश्यक रुपमा मिलेर काम गर्नुपर्ने प्रवक्ता हुवाको भनाई थियो ।
हालैका केही समययता अमेरिकाले विश्व स्वास्थ्य संगठनसँगको सम्बन्धलाई नै तोडिदिएको छ । अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहायताको काम पनि रोकेको छ ।

प्रतिक्रिया