दार्चुलाको अपिहिमाल सडक सञ्जालसँग जोडियो, गाउँपालिका केन्द्रमा गाडी पुग्यो


दार्चुला । सडक पहुँचको लामो प्रतीक्षा पछि दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालसँग जोडिएको छ । बिहीबार गाउँपालिकाको केन्द्रसम्म पहिलोपटक सवारी साधन पुगेको हो ।

मकरीगाड–खण्डेश्वरी सडक स्तरोन्नति कार्यक्रम’अन्तर्गत करिब ६.५ किलोमिटर नयाँ सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएसँगै गाउँपालिकाको केन्द्रसम्म गाडी पुग्न सम्भव भएको हो ।

मकरीगाडदेखि डिमौरासम्मको ट्रयाक पूर्वाधार विकास मन्त्रालयको बैतडी डिभिजनबाट निर्माण गरिएको हो । बाँकी १.५ किलोमिटर ट्रयाक गाउँपालिका आफैँले खोलेको हो । कच्ची सडक समेत पुग्न बाँकी स्थानीय तहका केन्द्रलाई सडक सञ्जालसँग जोड्न संघीय मन्त्रालयबाट आवश्यक बजेट व्यवस्थापन गरेर काम अघि बढाएको पूर्वाधारमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन् ।