बालेनको भारत भ्रमणबारे गोकुल बास्कोटाको टिप्पणीः ‘हवाई रुट सम्झौता राम्रो भयो’


काठमाडौं । प्रधानमन्त्री बालेन साहको भारत भ्रमणबारे एमाले नेता गोकुल बास्कोटाले व्यंग्यात्मक टिप्पणी गरेका छन् । उनले भ्रमणका उपलब्धिबारे टिप्पणी गर्दै प्लाईउड र चिया निर्यातका विषय छायाँमा परेको बताएका छन्।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बास्कोटाले सीमा विवादको विषय संसदनै बन्द गरिएको भन्दै कटाक्ष गरेका छन् । उनले ऋण दिने विषयमा व्यंग्य गर्दै ‘ब्याज पाएपछि ऋण जुन साहुले पनि दिन्छ’ भनेका छन्।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा प्रस्तुत भिजन पत्रलाई पनि उनले व्यंग्यात्मक रूपमा टिप्पणी गरेका छन्। बास्कोटाले भिजन पत्रलाई ‘भैंसी बेचेको रकम उठाउने माघे भाका जस्तै’ भएको संज्ञा दिएका छन् ।

उनले भनेका छन्, ‘प्लाईउड र चिया निर्यात त छायाँमा परेछन् । सीमाविवाद त संसदमै बिर्को लाएर गाथे । ब्याज पाएपछि ऋण जुन साहुले पनि दिन्छ । भिजन पत्र त भैंसी बेचेको रकम उठाउने माघे भाका जस्तै हो । हवाई रुट सम्झौता राम्रो भयो । विज्ञहरुले केस्रा केलाउन पर्ने हो –हेरौं।’