कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्ता छन् एजेण्डा


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, सरकारको काम र शैलीको समीक्षा, पार्टीले सञ्चालन गर्न लागेको ‘हामी तयार छौं’ अभियानको सञ्चालन मोडालिटीलगायतका विषयमा  छलफल हुने बताइएको छ ।