बालेन दूरदर्शी सोचको नेता भन्दै मोदीले गरे प्रशंसा


नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन साहको नेपालको भविष्य र नेपाल–भारत सम्बन्धप्रतिको दूरदर्शी सोचको प्रशंसा गरेका छन्।

भारतको दुईदिने भ्रमणमा रहेका प्रधानमन्त्री साहसँग द्विपक्षीय वार्तापछि मोदीले संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै केही महिनाअघि संयुक्त राष्ट्रसंघको महासभामा साहले दिएको सम्बोधनबाट उनको दूरदर्शी दृष्टिकोण स्पष्ट भएको बताएका हुन्।

‘केही महिनाअघि उहाँले विश्वकै सबैभन्दा युवा प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्दा उहाँको दूरदर्शी सोचको स्पष्ट झलक देखिएको थियो। आज पछिल्ला केही घण्टाको छलफलका क्रममा नेपालको भविष्य र नेपाल–भारत सम्बन्धप्रति उहाँको स्पष्ट दृष्टिकोण तथा प्रतिबद्धता मैले महसुस गरेको छु,’ मोदीले भने।

प्रधानमन्त्री साहले पदभार ग्रहण गरेपछि भारतको यो पहिलो औपचारिक द्विपक्षीय भ्रमण हो। मोदीले नेपालका जनताले यस वर्ष शाहलाई दिएको ऐतिहासिक जनादेशले नयाँ पुस्ताको आकांक्षा र आशालाई प्रतिबिम्बित गरेको पनि उल्लेख गरेका छन्।