दोस्रो क्वालिफायरमा चितवन र सुदूरपश्चिम भिड्दै


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । त्रिवि क्रिकेट मैदानमा आज अपरान्ह साढे ४ बजे चितवन र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुन लागेको हो ।

पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग सुदूरपश्चिम रोयल्स ६ विकेटले पराजित भएको थियो ।

यता चितवन राइनोजले इलिमिनेटर चरणमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको हो । दोस्रो क्वालिफायर खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।