काठमाडौं । सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १०६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १६.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीका लागि निरोशन डिकवेलाले सर्वाधिक ५९ रन बनाए ।
३७ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे । त्यसैगरी, लुम्बिनीका कप्तान रोहित पौडेलले २८ बलमा २१ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका थरिन्दु रत्नायकले २ तथा हेमन्त धामी र स्कट कुगलाइनले समान १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन बनायो । जितसँगै लुम्बिनी एनपीएलको फाइनल प्रवेश गरेको छ ।

प्रतिक्रिया