पेट्रोलियम पदार्थको मूल्य यथावत्


काठमाडौँ। नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखेको छ । सोमबार निगमले प्रेस विज्ञप्ति जारी गर्दै हालको स्थितिमा पाक्षिक (१५ दिन) रुपमा १ अर्ब ६२ करोड ७७ लाख घाटा हुने देखिए पनि साविककै मूल्य कायम गरिएको जनाएको हो ।

इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट आइतबार नयाँ खरिद मूल्य प्राप्त भएको थियो। तर, चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले साविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत राख्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।