काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय सदस्य जनकराज पाठकलाई केन्द्रीय महाधिवेशन प्रचार–प्रसार समितिको सदस्य सचिवमा मनोनयन गरेको छ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्ता मोहनकुमार श्रेष्ठको संयोजकत्वमा गठित केन्द्रीय महाधिवेशन प्रचार–प्रसार समितिको सदस्य सचिवमा पाठकलाई मनोनयन गरेका हुन्।
पार्टीले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न तोकिएको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गर्दै पाठकलाई बधाई तथा शुभकामना दिएको छ।

प्रतिक्रिया