सुदूरपश्चिमले काठमाडौँलाई दियो १२६ रनको लक्ष्य


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजविरुद्ध १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले काठमाडौँविरुद्ध निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ६० रनको अर्धशतकीय पारी खेले । दीपेन्द्रले ५५ बलमा पाँच चौका र दुई छकका प्रहार गरे । आरिफ शेखले १६ रन बनाए ।

आरिफले पाँचौँ विकेटको निम्ति दीपेन्द्रसँग ५४ रनको अर्धशतकीय साझेदारी गर्दै पावर प्लेमा धरासायी बनेको सुदूरपश्चिमलाई उकास्ने प्रयास गरेका थिए । तर, १२.५ ओभरमा आरिफ रनआउट भएपछि साझेदारी तोडिएको थियो । त्यसैगरी, ओपनर विनोद भण्डारीले एक रन बनाए भने ब्रान्डन म्याकमुलेन र इशान पाण्डेले रन जोड्न सकेनन् ।