काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
काठमाडौंँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको यात्रुवाहक गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको खबरले आफूलाई स्तब्ध र अत्यन्तै मर्माहत बनाएको थापाले बताएका छन् ।
सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै सभापति थापाले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै दुखको यस घडीमा शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन् ।

प्रतिक्रिया