सन्दीप लामिछानेको ह्याट्रिकसहित ६ विकेट, पोखराले विराटनगरलाई दियो १३३ रनको लक्ष्य


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्ससामु १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार त्रिवि  क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले १७.५ ओभरमा अलआउट हुँदै १३२ रनको योगफल तयार पारेको हो ।

पोखरा एभेन्जर्सका लागि युवराज सम्राले सर्वाधिक ८४ रनको योगदान दिए । ४७ बल खेलेका सम्राले ७ चौका र ५ छक्का प्रहार गरे । धनन्जय लक्षणले २२ र सन्नी विकले १२ रन जोडे । १५ बल खेलेका लक्षणले १ चौका र १ छक्का प्रहार गरे । ११ बल खेलेका सन्नीले १ छक्का प्रहार गरे ।

अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सके । विराटनगर किंग्सका लागि कप्तान सन्दीप लामिछाने ह्याट्रिकसहित ६ विकेट लिए । त्यस्तै, एन्गेलो म्याथ्युज, रुपेश सिंह र चरिथ अशलंकाले समान १–१ विकेट लिए ।