एनपीएलमा पोखरा र विराटनगर तथा कर्णाली र लुम्बिनी भिड्दै


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् ।पहिलो खेल त्रिवि क्रिकेट मैदानमा मध्यान्ह साढे १२ बजे पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच हुनेछ । दोस्रो खेलमा बेलुका ५ बजे कर्णाली याक्स र लुम्बिनी लाइन्सबीच प्रतिस्पर्धा हुनेछ ।

एनपीएलमा काठमाडौँ गोर्खाज चार जित र एक हारसहित ८ अङ्क जोड्दै शीर्षस्थान छ भने सुदूरपश्चिम रोयल्स पनि ८ अंकसहित रनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ । तीन जित, एक हार र एक खेलमा नतिजाविहीनसहित लुम्बिनी लायन्स तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै, चितवन राइनोज पाँच अंकसहित चौथो स्थानमा रहेको छ ।