काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेको छ । त्रिवि क्रिकेट मैदानमा शुरु खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह एरीले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।
आजको खेलमा सुदूरपश्चिमले कुनै परिवर्तन गरेको छैन। उता जनकपुरले भने दुई परिवर्तन गरेको छ। जनकपुरले स्फ हसन र परभेव हुसेन ईमोनको स्थानमा रायन बर्ल र ह्यारी टेक्टर पहिलो रोजाइमा खेलाएको छ।

प्रतिक्रिया