वसन्तपुरमा नेपाल संवत्को रौनक


काठमाडौं । काठमाडौंको वसन्तपुरमा नेवार समुदायले भेला भएर बाजागाजासहित नेपाल संवत् ११४७ मनाएका छन् । काठमाडौँ महानगरपालिका नेपाल संवत् मूल समारोह समितिको आयोजनामा मंगलबार बसन्तपुरमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमअघि र्याली निकालिएको थियो । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएका थिए ।