काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले दीपावली तथा तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । तिहारको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले यो पर्वले सबैको जीवनमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा सञ्चार गर्ने विश्वास व्यक्त गरेका छन् ।
दियोको उज्यालोले अन्धकार हटाएझैँ समाजमा व्याप्त निराशा, अविश्वास र विभाजनलाई चिर्दै आपसी सद्भाव, एकता र विश्वासलाई बलियो बनाउनुपर्ने उनले बताएका छन् ।
उनले तिहारले सबैलाई सत्य, न्याय र सद्भावको बाटोमा दृढतापूर्वक अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
हरेक घरमा खुसी, हरेक मनमा आशा र साझा भविष्यमा समृद्धिको उज्यालो फैलियोस् भन्दै थापाले सबैमा शुभ दीपावली तथा तिहारको मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया