भारतीय राजदूत दलेलाद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत


काठमाडौँ । नेपालका लागि भारतका राजदूत सुधाकर दलेलाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा राजदूत दलेलाले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

ओहोदाको प्रमाणपत्र पेस गरेसँगै दलेलाले नेपालका लागि भारतीय राजदूतका रूपमा औपचारिक रूपमा कूटनीतिक जिम्मेवारी सम्हालेका छन् ।