काठमाडौं । प्रहरी महानिरीक्षकबाट हटाइएको भन्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन शुक्रबार दर्ता भएको छ । बिहीबार रिट पेश भएकोमा अध्ययनका लागि भन्दै सर्वोच्च प्रशासनले दर्ता गरेको थिएन । उक्त रिट शुक्रबार दर्ता भएको कार्कीका वारेस आभाष रेग्मीले जानकारी दिए ।
रिट दर्ता भइसके पनि पेसी तय हुन बाँकी रहेको उनले बताए । बुधबार सरकारले कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनाएको छ। आफूलाई गैरकानुनी रुपमा हटाइएको दाबी गर्दै कार्कीले पुनर्बहालीको माग गरेर रिट दिएका हुन् ।
अब रिटको सुनुवाइका लागि कात्तिक ३० गतेका लागि पेसी तोकिएको छ ।
















प्रतिक्रिया