एनपीएलमा सुदूरपश्चिमलाई ब्याटिङको निम्तो


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको  पहिलो खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएपछि सुदूरपश्चिमले ब्याटिङको जिम्मेवारी पाएको हो ।