काठमाडौँ । कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले फिल्मको कथा, पात्र र कालखण्डबारे प्रस्ट पारेको छ।
ट्रेलरमा एक जोडीको दुइ समयको प्रेमकथालाई प्रस्तुत गरिएको छ। अनमोल काजी पात्रको भूमिकामा छन् र उनी गाउँमै पढाउने शिक्षकको काम गर्छन। त्यही क्रममा उनको प्रिन्सीसँग भेट हुन्छ र माया बस्छ ।
भुवन केसीको निर्देशन रहेको यस फिल्मको निर्माता जिया केसी र भविष्य खड्का हुन्। फिल्ममा न्यान्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्र, सुजन भाई, सविन कट्टेल, सिद्धार्थ सिंह, अमितेश शाह, हीना नगरकोटी र संगी अधिकारी पोखरेल लगायतको अभिनय छ।
विवेक थापा फिल्मका सह–निर्माता हुन्। कृष्ण भण्डारी सम्पादक रहेको फिल्म लेखनमा सामीप्यराज तिमल्सेनासँग सरिन पोखरेलले सहकार्य गरेका छन्।

प्रतिक्रिया