जनकपुरलाई पराजित गर्दै लुम्बिनीको जित


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले हराएको छ । लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो । जनकपुरका कप्तान हरमीत सिंहले ३३, आदित्य महताले नटआउट ३० रन बनाए ।

लुम्बिनीका डार्सी शर्टले ३ तथा शेर मल्ल र तिलक भण्डारीले २÷२ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो ।