काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रतिनिधिमण्डल कात्तिक अन्तिम साता चीन भ्रमणमा जाने भएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणालाई स्वीकार गर्दै रास्वपाले महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको प्रतिनिधिमण्डल चीन पठाउने निर्णय गरेको हो ।
पार्टीका अनुसार भ्रमणका क्रममा पारस्परिक राजनीतिक संवादलाई अघि बढाउनुका साथै नेपाल–चीन द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुनेछ ।


प्रतिक्रिया