पत्रकार पक्राउमा प्रधानमन्त्री कार्यालय संलग्नता छैन भन्छ, रास्वपाले गर्यो विरोध, त्यसो भए कसको निर्देशनमा पक्राउ गरियो ?


काठमाडौं । प्रधानमन्त्री बालेन साहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री तथा सचिवालयको कुनै संलग्नता नरहेको स्पष्ट पारेकी छन् । पत्रकार पक्राउको सर्वत्र विरोध भएपछि दाहालले यस्तो बताएकी हुन् ।

उनले घटनाबारे पूर्वजानकारीसमेत नभएको जनाएकी छन् । घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिइन् ।