काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले टस जितेर बलिङ रोजेपछि चितवन राइनोजले पहिले ब्याटिङ गरेको हो । चितवनले तीन विकेटको क्षतिमा १५७ रन बनायो ।
चितवनका लागि डेबिड मलानले सर्वाधिक ७० रन बनाए । ५० बलको सामना गर्दा पाँच चौका र पाँच छक्काको मद्दतमा उनले ७० रन जोडेका हुन् । कप्तान रवि बोपाराले २६ बलमा ३२ र ड्यान माउस्लीले २२ बलमा २९ रन बनाए । उसका लागि देव खनालले १२ रन जोड्दा अर्जुन साउद ३ रनमा आउट भए ।
आजै अपराह्न हुने अर्को खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्ने छन् । सोमबारदेखि सुरु भएको एनपीएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो

प्रतिक्रिया