पाकिस्तानी क्रिकेटर नवाजले एनपीएलमा चितवनबाट खेल्ने


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि चितवन राइनोजले पाकिस्तानी क्रिकेटर मोहम्मद नवाजलाई टोलीमा अनुबन्ध गरेको छ।

चितवन राइनोजले सामाजिक सञ्जालमार्फत नवाजलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो।

एनपीएलको तेस्रो सिजनको तयारीमा रहेको चितवनले नवाजको आगमनसँगै टोली थप बलियो बनेको जनाएको छ। टोलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित तयारी गरिरहेको छ।