एनपीएलको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार पत्रकार सम्मलेन गरी प्रतियोगिताको विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने जानकारी दिएको हो ।

प्रतियोगिता सोमबारदेखि सुरु हुँदै छ । प्रतियोगितामा दुवै संस्करण खेलेका आठ टिमको सहभागिता रहनेछ । एनपीएलको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मान्यता दिएको छ ।