काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नेपालले घरेलु टोली ओमानसामु २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । सोमबार ओमानको अल अमिरेत रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको हो । नेपालका रोहितकुमार पौडेलले सर्वाधिक ८० रनको योगदान गरे ।
उनले ८१ बलमा दुई÷दुई चौका र छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले ६९, देव खनालले ५७, इशान पाण्डेले २९ र बसिर अहमदले १७ रन बनाए । चौथो विकेटका निम्ति रोहित र दीपेन्द्रले १३९ रनको शतकीय साझेदारी गरे । ओमानका शाह फैसलले पाँच विकेट लिए । उनले आठ ओभरमा ५७ रन खर्चिए । जय ओडेदराले तीन र समय श्रीवास्तवले दुई विकेट हात पारे ।

प्रतिक्रिया