‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई


काठमाडौँ। विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना गरेको ‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि वडा नं ५ रतचुरा टोलीले हात पारेको छ ।

खनियाखर्कस्थित खेल मैदानमा भएको सो प्रतियोगितामा वडा नं १ डुडभञ्ज्याङ दोस्रो, वडा नं ५ खनियाँखर्क तेस्रो र वडा नं १ डुडभञ्ज्याङ टोली सान्त्वना भएको उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुने टोलीले रु ५० हजार, दोस्रोले रु ३० हजार, तेस्रोले रु २० हजार र सान्त्वना हुने टिमले रु १० हजारसहित शिल्ड र मेडल प्राप्त गरेका छन्। प्रतियोगितामा विभिन्न सात वटा टिमले भाग लिएको थियो ।

बडादसैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा खेलकुदमार्फत भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको पालिकाले जनाएको छ। उक्त पालिकाले ‘अध्यक्ष कप फुटबल’सहित विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको छ।