कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले सभापति थापालाई शपथ गराएका हुन्।

वैदिक मन्त्रोच्चारण र धार्मिक विधिसहित सम्पन्न समारोहमा सभापति थापालाई निर्वाचनको प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापाले श्यामकृष्ण खड्गीलाई पराजित गरेका थिए ।