काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ३६ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले हेलिकोप्टर र स्थलमार्गबाट खटिएको फौज परिचालन गरी बाढी प्रभावित क्षेत्रबाट उनीहरूको उद्धार गरेको हो।
नेपाली सेनाका अनुसार चारवटा हेलिकोप्टर तथा स्थलमार्गबाट परिचालित टोलीले जगतबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट एक शिशु र एक विदेशी नागरिकसहित ९ जना तथा पायूबाट १२ जनाको उद्धार गरेको छ।
बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी थप खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।

प्रतिक्रिया