कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य


विराटनगर । कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य भएको कोशी प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको सिफारिसका आधारमा अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी सम्पूर्ण थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।