काठमाडौँ । नेपाली फिल्म ‘अक्षरा’ को गीत ‘भाग्यले होकी’ सार्वजनिक भएको छ । गीतमा रचना रिमालको स्वर सुन्न सकिन्छ। सुरेन्द्र रानाको शब्द रहेको गीतमा कर्णराज गिरीले संगीत भरेका छन् ।
गीतमा फिल्ममा मुख्य कलाकार न्यान्सी खड्का, सुशील सिटौला र रिस्ता अधिकारी फिचर्ड छन् । फिल्ममा न्यान्सी, सुशील र रिस्तासहित सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा), सृष्टि खड्काको अभिनय छ। साथै बालकलाकारमा रोनक खड्का र प्रीसा ढुङ्गाना छन् ।
फिल्म असोज २३ गते रिलिज हुँदैछ । उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने छन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस फिल्मको कथा निर्माता उग्रसेन आफैँले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्।

प्रतिक्रिया