काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजबाट बन्दसत्र हुँदै छ । बन्दसत्र दुई दिन चल्नेछ । बन्दसत्रमा सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेस हुनेछ । महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ ।
त्यसअघि, बन्दसत्रमा पेस गर्ने प्रतिवेदनउपर छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमै बस्दै छ । त्यस्तै आज मतदाता नामावली प्रकाशन हुँदैछ । बेलुका ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ ।
५ देखि साढे ६ बजेसम्म मतदाता नामावली प्रकाशनविरुद्ध दावी विरोधको समय तोकिएको छ । दावी विरोधउपर जाँचबुझका लागि साढे ६ देखि साढे ७ बजेसम्मको समय तोकिएको छ ।
मतदाताको अन्तिम नामावली प्रकाशन साढे ८ बजे हुने नेपाली कांग्रेस निर्वाचन समितिले बताएको छ । मंगलबार बिहान मनोनयन दर्ताका लागि समय तोकिएको छ । मतदान बिहीबार बिहानदेखि हुनेछ ।

प्रतिक्रिया