काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन सुरु भएको छ । काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन गरिएको छ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन सुरु भएको हो ।
उद्घाटन सत्रमा सहभागी हुनका लागि विभिन्न दलका शीर्ष नेताहरू उद्घाटनस्थलमा पुगेका छन् । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड, रास्वपा सभापति रवि लामिछाने, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी, जसपा नेपालका सहअध्यक्ष शरतसिंह भण्डारी लगायत पुगेका छन् ।
तस्बिर : गोपाल दाहाल











प्रतिक्रिया