सिरहाको सुखीपुरबाट ११ सय किलो गाँजासहित गाडी नियन्त्रणमा


सिरहा । सिरहाबाट सशस्त्र प्रहरी बलले ११ सय  किलो गाँजा बरामद गरेको छ । गएराति करिब १ बजे  सिरहाको  सुखीपुर नगरपालिका –१० विश्वकर्माचोक गागन खोलापुलबाट गाँजा बोकेको बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं.७ गण सुरक्षा बेश गोलबजार र सुरक्षा वेश सुखीपुरको संयुक्त टोलीले  बा १४ च २९४ नम्बरको बोलेरो गाडी  र स ६ प ४८५९ नम्बरको मोटरसाइकलमा लैजादै गरेको गाँजा  नियन्त्रणमा लिएको  सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

२६ वटा बोरामा  प्याक गरिएको  गाँजासहितको गाडी र मोटरसाइकल छोडेर चालक भने भागेका छन् ।