काठमाडौँ । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि सुरक्षा खतरा देखिएपछि सुरक्षित स्थानमा सारिएको जनाएको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राणालाई पक्राउ वा नियन्त्रणमा नलिइएको स्पष्ट पारे ।
राणाको मोबाइलमा ‘टेक्स्ट मेसेज’ मार्फत सुरक्षा धम्की आएको र सोही आधारमा सुरक्षा निकायले उहाँलाई सुरक्षित स्थानमा सारेको मन्त्री पोखरेलले बताए।
“उहाँलाई पक्राउ गरिएको होइन, नियन्त्रणमा लिइएको पनि होइन । उहाँको परिवारबाट थप सुरक्षा माग गर्दै निवेदनसमेत परेकाले सुरक्षाका लागि उद्धार गरेर सुरक्षित स्थानमा लगिएको हो”, मन्त्री पोखरेलले भने। उनका अनुसार राणालाई आएको धम्की ‘जेनजी’ समूहबाट नभई कुनै अपरिचित समूहबाट आएको थियो ।

प्रतिक्रिया